काठमाडौं। सरकारले आजैदेखि यात्रुबाहक सवारी साधनलाई देशभरि रुट परमिट खुला गरेको छ। यात्रुबाहक सवारी साधनलाई आजदेखि दशैँको पूर्णिमासम्म रुट परमिट खुला गरेको हो।
यसअघि सरकारले दसैँको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको भएता पनि निरन्तर वर्षाको कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन सकेको छैन।
जसको कारण बाटोमा अलपत्र परेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले हिजोदेखि नै रुट परमिट खुला गर्ने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ।