फाइल फोटो
काठमाडौं। पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। दाउन्ने जंगलमा रहेको खुर्सानीखोलास्थित राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो।
हिजो (सोमबार) साझमा सडक भासिएपछि राजमार्ग अवरुद्ध बनेको थियो। सोही भासिएको सडक मर्मत गरेपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।