काठमाडौं। म्याग्दीको गलेश्वर–राखूँ–कुइनेमङ्ग सडक तीन महिनापछि सञ्चालनमा आएको छ। पहिरोले अवरुद्ध रघुगङ्गा गाउँपालिकाको दुर्गम गाउँ कुइनेमङ्गले जोड्ने सडक एक सय दिनपछि सञ्चालनमा आएको हो।
उक्त सडक गत असार ८ गते पहिरो आएको पहिरोले अवरुद्ध भएको थियो। वर्षा कम हुन थाले पछि सडक मर्मत गरेर सञ्चालनमा ल्याएको पालिकाले जनाएको छ। कुइनेमङ्गले तथा चिमखोला क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूसँग सहकार्य गरेर सडक सञ्चालन गरिएको हो । आयोजनालाई अनुरोध गरेर उनीहरूकै सामग्रीहरू प्रयोग पछि सडक सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ।