काठमाडौं। गुल्मीको कालीगण्डकी गाउँपालिकाको हर्मिचौर अर्बेनी सडक खण्डमा ठूलो ढुंगासहितको पहिरो गएको छ। हर्मिचौर अर्बेनी सडक खण्डको लत्रेमा सडकमाथिबाट ठूलो ढुङ्गासहितको पहिरो खसेको हो।
पहिरो खसेपछि अहिले कालीगण्डकी करिडोर अबरुद्ध भएको छ।
सडक खुलाउन दुईवटा एक्साभेटर प्रयोग गरिएपनि ढुङ्गासहितको ठूलो पहिरो भएकाले बाटो खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा पुर्तिघाटदेखि बुटवलसम्म चल्ने सवारी साधनका साथै छोटो दूरीका सवारी साधन समेत चल्न सकेका छैनन्।