काठमाडौं। गत शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढी पहिरोले अवरुद्ध वीपी राजमार्ग दशैं अघि नै सञ्चालनमा ल्याउन माग गरिएको छ। त्यस क्षेत्रका जनप्रतिनिधिहरुले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेट गरेर वीपी राजमार्ग दशैं अगाडी नै सञ्चालनमा ल्याउन माग गरेका हुन्।
उनीहरुले तत्काल निर्माण तथा मर्मत गर्न नसकिने सडक खण्डमा वैकल्पिक मार्ग तयार गरेर भएपनि अवरोध खुलाउनु पर्ने माग गरेका छन्।
तीन हजार भन्दा बढी मानिस अहिले पनि अलपत्र रहेको भन्दै उनीहरुको उद्धारका निम्ति पनि तत्काल सडक सञ्चालनमा ल्याउनुपर्ने उनीहरुको भनाइ छ।