काठमाडौं। महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड आज राति बन्द गरिने भएको छ। पहिरोले अवरुद्ध भएपछि एकतर्फि सञ्चालनमा आएको सडक आज राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि पूर्ण रुपमा बन्द गरिने भएको हो।
जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मत गरी सहज यातायात खुलाउनका लागि भन्दै एक सूचनामार्फत सडक बन्द गर्ने जानकारी दिएको हो। सूचनामा बर्दघाट बजारबाट दाउन्ने बजारसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन बन्द हुने उल्लेख गरिएको छ।
बर्दघाट नगरपालिका–४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ भने ४ सय मिटर सडक भास्सिएको छ ।