इलाम। ३३ केभी प्रसारण लाइनको पोल भाँचिदा इलाम जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको छ। सिमलको रुख ढलेर पोल भाँचिदा आज बिहान १० बजेदेखि विद्युत सेवा अवरुद्ध भएको हो।
नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्र अन्तर्गत विद्युत वितरण भएको गोदकदेखि तिल्केनी सबस्टेसनसम्मको प्रसारण लाइनको पोल भाचिँदा विद्युत सेवा अवरुद्ध हुन पुगेको वितरण केन्द्रले जनाएको छ।
भाँचिएको पोलको स्थानमा नयाँ पोल राख्ने काम भइरहेको बताइएको छ। बिहानदेखि अवरुद्ध भएको विद्युत सेवा पुन सुचारु हुन थप ३ घण्टा लाग्ने वितरण केन्द्रले जनाएको छ।
विद्युत लाइन काटिँदा जिल्लाका अधिकांश क्षेत्रको सेवा प्रभावित भएको छ। वितरणा केन्द्र अन्तर्गत हाल ४८ हजार ग्राहकले सेवा लिइरहेका छन् ।