काठमाडौं। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेसहितको टोलीले कान्तिलोकपथको अवस्था बारे निरीक्षण गरेको छ। मन्त्री लामिछानेले गत शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढी पहिरोले क्षति पुर्याएको कान्तिलोकपथको पछिल्लो अवस्थाको बारेमा जानकारी लिन स्थलगत अवलोकन गरेका हुन्।
निरीक्षणपछि मन्त्री लामिछानेले हेटौँडाबाट भीमफेदी गाउँपालिका–८ स्थित ललितपुर जिल्लालाई जोड्ने बागमती पुल नजिकसम्म जसोतसो पुगेको भन्दै डेढ दर्जन स्थानमा पहिरो झरेको र पहिरो झरेको जोखिमपूर्ण दुई–तीन स्थानमा नेपाली सेनाले काम गरिरहेको जानकारी दिए।
उनले सडकमा बढी क्षति भएकाले र सडकको अवस्था हेर्दा तत्काल सडक सञ्चालन गर्न सकिने अवस्था नरहेको समेत बताए।