फाइल फोटो
पाँचथर। इलाम–फिदिम सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। मेची राजमार्ग अन्तर्गत पर्ने उक्त सडक सञ्चालनमा नआउँदा स्थानीय समस्यमा परेका छन्।
सडक डिभिजन कार्यालय इलामका अनुसार १५० मिटर सडक पहिरोले बगाएपछि सडक सञ्चालनमा ल्याउन समस्या भएको हो।
सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको भएतापनि निरन्तर पहिरो खस्ने भएकोले सडक मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिएको बताइएको छ।