काठमाडौं। नेपाली कांग्रेसले बाढी पहिरोका कारण अवरुद्ध सडक तत्काल खुलाउन सरकारसँग माग गरेको छ। नेपाली कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा कांग्रेसले बाढी पहिरो पीडितको उद्धार र राहतपछि सडक यातायात सुचारु गर्ने काममा सरकारले तदारुपता देखाउन माग गरेकाे हाे।
कांग्रेसले असोज १२ र १३ गतेको वर्षाको कारण गएको बाढी पहिरोलेमा बेपत्ता भएकाको उद्धार खोजी गर्न समेत सरकारलाई आग्रह गरेकाे छ। सडक बाटोमा फसेका मानिसहरु तत्काल नेपाल सरकारले उद्धार गर्नुपर्ने कांग्रेसको भनाइ छ।
संसदीय दलले विपद् व्यवस्थापनको लागि कांग्रेसका सांसदबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपद् व्यवस्थापनको लागि प्रदान गर्ने निर्णय समेत गरेको बताइएको छ।