काठमाडौं। निर्माण व्यवसायि संघ काभ्रेपलाञ्चोकको महासचिव चेत प्रशाद गौतम (रामचन्द्र) माथि साङघितिक हमला भएको छ। चौरीदेउरालि–५ अरनिको मा.वि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम माथि विद्यालय व्यवस्थापन समितिकै सदस्य भरत बहादुर बुढाथोकीको संलग्नतामा साङघितिक हमला भएको चौरीदेउराली गाउँपालिकाले जानकारी दिएको छ।

उक्त विद्यालयको मंसिर ४ गतेबाट रिक्त हुन लागेको कार्यलय सहायक पदमा गाउँपालिकाबाट अनुमति लिई विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार गाउँपालिकाको परामर्शमा मंसीर २६ गते प्राप्त आवेदकको परिक्षा लिने निर्णय गरिएकोमा विद्यालय व्यवस्थापन समितिका सदस्य भरत बहादुर बुढाथोकी सहित अन्य ब्यक्तिहरुले २ दिन परिक्षा रोक्न दबाब दिएपछि पुनः विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार मंसिर २९ गते परिक्षा तालिका सार्वजनिक गरिएको थिायो। गाउँपालिकाको शिक्षा शाखा प्रमुखको कार्य व्यस्तताको कारण पुष १ गते हुने भनिएको परिक्षको लागि विद्यालय व्यवस्थापन समिति सदस्य भरत बहादुर बुढाथाकी, विषय विज्ञ राजु दाहाल, शिक्षा शाखा प्रमुख सरोज अधिकारी तथा विद्यालयका प्रधानाध्यापक जयभद्र गौतम समेतको उपस्थितिमा तयार पारिएको प्रश्न पत्र भरत बहादुर बुढाथोकीले च्यातेका थिए। प्रश्न पत्र च्यातिएको समयमा परिक्षर्थीहरु परिक्षा हलमा बसिसकेका अवस्थामा शिक्षा शाखा प्रमुखको हातबाट उनले प्रश्नपत्र खोसी च्यातेका थिए। त्यसपछि तत्काल पालिका प्रशासकिय प्रमुख महान दास लामालाई जानकारी गराई परिक्षा हलको घटना स्थलमा उपस्थित पदाधिकारीको सल्लाह अनुसार मंसिर ५ गते पुनःपरिक्ष सञ्चालन गर्ने सहमति भएको थियो।
पुष २ गते दिउँसो सिभिक फोरमको कार्यक्रम सञ्चालनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतप्रसाद गौतम घर जान लाग्दा विद्यालय हाताभित्र विद्यालय व्यवस्थापन समितिका सदस्य भरतबहादुर बुढाथोकीका भाई लोक बहादुर बुढाथोकी लगाएत अन्य व्यक्तिको संलग्नतामा अध्यक्ष गोतमलाई सांघितिक हमला गरेका थिए। उक्त हमलामा अध्यक्ष गौतम गहिरो चोटपटक लागि शक्त घाइते भएका र हाल उपचारका क्रममा रहेको उनका भाई सुनिल गौतमले जानकारी दिएका छन्। उक्त घटनालाई लिएर सिंगो विद्यालय, विधार्थी र अभिभावक आतङकित बनेका छन्। यसैगरी शिक्षण पेशामा नियमित रुपमा सु–सञ्चालनका लागि असुरक्षा महसुस भएको विद्यालय व्यवस्थापन सिमितिले जनाएको छ। साथै सो घटनामा संलग्न रहेको दोषिहरु हाल फरार भएका छन्। फरार भएका दोषिलाई खोजि गरी कडा भन्दा कडा कार्बाही गर्न विद्यालय परिवारले माग गरेको छ।
यस्ता किसिमका क्रुर, अमानविय, अराजक, हिंस्रक तथा गैरकानुनि कार्यको विद्यालय परिवार तथा निर्माण व्यवसायी संघ काभ्रेपलाञ्चोकले घोर विरोध गरेको छ। साथै उपचारार्थ अवस्थामा रहेका अध्यक्ष गौतमको शिघ्र स्व्स्वास्थ्य लाभको कामना गर्दै निर्माण व्यवसायी महासंघ, वि द्यालयका प्रधानाध्यापक तथा गाउँपालिकाले दोषिमाथि प्रचलित नेपालकको कानुन अनुसार कारबाहीको माग गरेका छन्।