काठमाडौं। वीपी राजमार्गको नदीले भत्काएको ठाउँमा डाइभर्सनको काम सुरु भएको छ। गत शुक्रबार र शनिबारको बाढीले भत्काएको ठाउँमा डाइभर्सनको काम सुरु भएको हो।
सडक डिभिजन कार्यालय खाल्टेका अनुसार आगामी बुधबारसम्ममा सिन्धुलीदेखि काभ्रे जिल्लासम्मको ट्रयाक खुल्ने काम पूरा हुनेछ।
बाढीपहिरोले अवरुद्ध बीपी राजमार्गका नेपालथोक–खुर्कोट, खुर्कोट–सिन्धुलीमाडी र सिन्धुलीमाडी–बर्दिवास खण्डमा डाइभर्सन राखेर सडक सञ्चालन गरिएको छ । रोशी खोलाको बाढीले वीपी राजमार्गको नेपालथोकमा ठूलो क्षति पुर्याएकाले यस क्षेत्रमा भने सवारी सञ्चालनका लागि केही समय लाग्ने भएको सडक डिभिजन कार्यालय खाल्टेले जनाएको छ।