काठमाडौं। मध्यपहाडी लोकमार्ग अवरोध भएपछि काठमाडौं–दिक्तेल आवतजावतका लागि नौबिसे–हेटौंडा हुँदै यातायात सञ्चालन हुने भएको छ। दिक्तेल–काठमाडौं आवतजावतका लागि सिन्धुली–हेटौंडा–नौबिसे हुँदै यातायात सञ्चालन गरिने भएको हो।
सडक अवरुद्ध भएपछि चाडवाडका लागि आवतजावत गर्ने यात्रुको लागि लामो रुट परेपनि विकल्प अपनाएर यातायात सञ्चालन गर्न लागेको खोटाङ यातायात प्रालिले जनाएको छ। दुरी लामो पर्ने भएकाले सवारी भाडा भने केही पढ्ने बताइएको छ।