काठमाडौं। बाढी पहिरोले क्षति पुर्याएको भीमफेदी–कुलेखानी–फाखेल सडक मर्मत गर्न सुरु गरिएको छ। भीमफेदी–फाखेल सडक खण्डको कुलेखानी डयाममुनि रहेको पुलको दुवैतर्फको पहुँच मार्ग मर्मत गर्न आजदेखि सुरु गरिएको हो।
पुलको पहुँचमार्गमा एकातिर करिब १५ मिटर र अर्कोतर्फ १० मिटर बगाएको छ भने करिब १५ मिटर गहिरो बनाएको छ । उक्त पहुँच मार्गलाई मर्मत गर्न यातायात पूर्वाधार निर्देशनालयको स्रोत र साधनको प्रयोग गरी नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको जनशक्ति परिचालन गरेर तीव्र गतिमा काम गर्न थालिएको छ।
बिहीबार साँझसम्म यस सडकखण्डको सम्पूर्ण अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताइएको छ।