काठमाडौं। बुद्ध एयरले काठमाडौं–भद्रपुर उडान थप गरेको छ। एयरले आजदेखि दुईवटा उडान थप गर्न लागेको हो।
यात्रुहरुको अत्याधिक माग बढेपछि उडान थप्न लागिएको कम्पनीले जनाएको छ।
बाढी र पहिरोको कारण राजमार्गहरू पूर्ण रूपमा चल्न नसकेपछि हवाई यात्रुको चाप बढेको छ। जसको कारण उडान थप्न आवश्यक परेको कम्पनीले बताएको छ।