तुलसीपुर। राप्ती लोकमार्गमा पर्ने दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ। सुक्खा पहिरोले उक्त खण्ड अवरुद्ध भएको हो।
आज बिहानबाट लोकमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ। श्रीखोलामा माथिबाट सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो। पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।