काठमाडौं। कालीगण्डकी करीडोरअन्तर्गत जोमसोम–कागबेनी सडक कालोपत्र सम्पन्न भएको छ। जोमसोमदेखि कागबेनीसम्म १३ किलोमिटर सडक आक्सपाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो।
२८ करोड १४ लाख लागतमा ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको सडक कालोपत्र गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।
अहिले कालोपत्रको सम्पूर्ण काम सकिएको र सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।