काठमाडौं। खोलाको बहाव नघटेपछि वीपी राजमार्गमा डाइभर्सन निर्माण गर्न समस्या भएको छ। बुधबार चौकीडाँडाबाट रोशी खोला किनारसम्म जाने डाइभर्सन तयार गरेपनि खोलाको बहाव नघटेका कारण बाँकी काम गर्न समस्या भएको हो।
खोलाको बहाव नघटेका कारण दसैँअघि सडक सञ्चालन गर्न सक्ने सम्भावना समेत कम भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। चौकीडाँडामा खोला समेत सडकतर्फबाट नै बगेकोले ह्युम पाइप राखेर डाइभर्सन गर्न समेत सम्भावना नरहेको विभागको भनाइ छ।
सडक क्षति भएको स्थानको भित्तो खनेर ट्र्याक बनाउने अवस्था नरहेकाले राजमार्ग सञ्चालनको लागि खोलाबाट डाइभर्सन बनाउनु पर्ने अवस्था छ। नेपालथोकतर्फ खोला र सडकको उचाइ कम भएकोले डाइभर्सन बनाउन सहज भएपनि चौकीडाँडाँतर्फ खोला र सडकको उचाइ धेरै भएकोले काम गर्न समस्या भएको बताइएको छ।