काठमाडौं। हवाई यात्रुको चाप अत्यधिक बढेपछि श्री एयरलाइन्सले काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा उडान सञ्चालन गर्ने भएको छ। एयरलाइन्सले आजबाट काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा उडान सञ्चालन गर्ने भएको हो।
यात्रुको अत्याधिक माग बढेपछि उडान सञ्चालन गर्न लागेको एयरलाइन्सले जनाएको छ। कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ।
हालचालकै अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चाल अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको छ।