फाइल फोटो
गल्याङ। जिल्लाको अँधेरी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ। दुई वटा नगरपालिकालाई जोड्ने उक्त खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो।
७९ लाख लागतमा बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले सो पुल निर्माण गरेको हो।
पुल निर्माण भएपछि निकै सहज भएको स्थानीयले बताए। धेरै समय खर्चेर लामो बाटो हिड्नु पर्ने समस्या समाधान भएको भन्दै उनिहरुले खुशी ब्यक्त गरे।