काठमाडौं। दशैं अगाडी वीपी राजमार्ग नखुल्ने भएको छ। बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले दशैं अगाडी वीपी राजमार्ग खुलाउन सम्भव नभएको जानकारी दिएका हुन्।
अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न प्रयास भैरहेको भएपनि खोला तर्काएर ट्रयाक खोल्न समस्या भइरहेको, खोलाको पानी कम नभएको र पुल समेत हाल्नु पर्ने अवस्था रहेकाले तत्काल यातायात सञ्चालन गर्न नसकिने अवस्था रहेको सचिव शर्माले बताए।
वीपी राजमार्ग सञ्चालन नहुने भएपछि अब पूर्व जाने गाडीहरुका लागि कान्ति राजपथ र दक्षिणकाली छैमले सडक विकल्प रहेको उनले बताए। शुक्रबार र शनिबारसम्ममा कान्ति राजपथ र दक्षिणकाली छैमले सडक सञ्चालन गर्ने प्रयासका साथ काम भइरहेको समेत सचिव शर्माले बताए।