काठमाडौं। असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी पहिरोले क्षतिग्रस्त बनाएको सडक र पुल अस्थायी रुपमा सञ्चालन गर्न मात्र तीन अर्ब रुपैयाँ लाग्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि यस्तो जानकारी दिएको हो।
मन्त्रालयका अनुसार क्षतिग्रस्त सडक र पुल स्थायी रुपमा सञ्चालन गर्नका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने भएको छ।
बाढी पहिरोबाट देशभरका ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकोमा ७ सय ७४ स्थानको पहिरो हटाउने काम सकिएको समेत मन्त्रालयकासचिव केशवकुमार शर्माले जानकारी दिए।