काठमाडौं। मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। खोटाङ स्थीत मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो।
अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ।
राजमार्ग अवरुद्ध बनेपछि यात्रामा रहेका सवारी साधन बिच बाटोमै रोकिएका छन्।
खोटाङमा रहेको सडक विभाग र मध्यपहाडी लोकमार्ग डोजर सिन्धुली बिपी राजमार्गमा लगिएकोले पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ।