काठमाडौं। मेची राजमार्गको इलाम–फिदिम खण्डमा रहेको हेवा र फेमे खोलामा फड्के निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। गत असोज १२ गतेको बाढीले पुल बगाएपछि हेवा र फेमे खोलामा फड्के निर्माण गरिएको हो।
हेवा खोलामा नेपाली सेनाले फलामका पोल, लट्ठा, ग्याबिन जाली, बाँस र ढुंगा प्रयोग गरेर मोटरसाइकल, स्कुटर र मान्छे तर्न मिल्ने फड्के बनाएको छ। हेवा खोलामा फड्के बनेपछि मेची राजमार्गको फिदिम पाँचथरका हिलिहाङ, फालेलुङ र याङवरकसँगै ताप्लेजुङ जाने यात्रुलाई सहज भएको छ ।
फेमे खोलामा भने युवाहरुको सक्रियतामा फड्के बनेको हो । फड्केबाट सदरमुकाम फिदिमदेखि नांगीन याङनाम सिदिन हुँदै प्राङबुङ जान सहज भएको छ ।