काठमाडौं। हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा पहिरो गएर अबरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ। बिहीबार राति गएको पहिरो रातभर पन्छाएपछि शनिबार बिहानैदेखि सडक सुचारु भएको हो।
पहिरो गएपछि च्यास्मिटार, कदुवा, डौँठेखोला लगायतका क्षेत्रमा साना ठूला गरी ५० गाडीमा सवार एक हजार बढी यात्रु अलपत्र परेका थिए। सडक अवरुद्ध भएपछि काठमाडौं तथा तराईबाट आएका गाडी जयरामघाट, डौँठेखेलामा र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसी, च्यास्मिटारमा रोकिएका थिए ।
दुई वटा डोजर प्रयोग गरेर शुक्रबार दिनभर र राति पनि पहिरो पन्छाइएर सडक सञ्चालनमा ल्याइएको छ। सडक सञ्चालनमा आएसँगै अलपत्र परेका यात्रुहरु गन्तव्यतर्फ लागेका छन्।