काठमाडौं। पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ। मनसुनका कारण केही महिनादेखि रोकिएको पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको हो।
बेलुन अहिले ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा उडाइनेछ ।
बेलुन नेपालले आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गर्दै डिसेम्बर २४ देखि जनवरी १ सम्म पर्यटकिय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना समेत गर्दैछ ।