काठमाडौं। कोशी प्रदेशमा दशैं अघि नै क्षतिग्रस्त सडक र पुल मर्मत गरिने भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण आएपछि सम्बन्धित मन्त्रालयले दशैं अगाडि गर्नसक्ने मर्मत सम्भार कार्य तत्काल गर्न निर्देशन दिएको बताएका हुन्।
नेकपा (एमाले) प्रदेश समितिका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीले सडक तथा पुल मर्मतका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। उक्त पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारप्रति जनताको विश्वास एवं अनुभूति जागृत गराउन सडक, पुललगायत निर्माण कार्य दुर्त रुपमा गर्न सम्बन्धित मन्त्रालय एवं निकायलाई निर्देशन दिइएको जानकारी दिए।