फाइल फोटो
काठमाडौं। हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौँ जोड्ने सडक सञ्चालनमा आउने भएको छ। उक्त सडक आज दिउँसोबाट सञ्चालनमा आउने भएको हो।
गत ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा क्षति पुर्याएपछि उक्त सडक अवरुद्ध बनेको थियो।
बाढीपहिरोको कारण विभिन्न स्थानमा भएको क्षति मर्मत गरेपछि सडक सञ्चालनमा आउने भएको हो।
आज दिउँसो १ बजेबाट सडक सञ्चालनमा ल्याउने बताइएको छ।