मनाङ। मनाङ घुम्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। पर्यटकीय सिजन सुरु भएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो।
पर्यटकको गन्तब्यनै बनेको मनाङमा आन्तरिक र बाह्य दुबै पर्यटकको सङ्ख्या बढेको छ।
पर्यटक सूचना केन्द्र धारापानीका अनुसार गत सेप्टेम्बर महिनामा मात्र विभिन्न ७४ देशका दुई हजार ७६५ बाह्य पर्यटक मनाङ घुम्न गएका हुन्।
गत मङ्गलबार मात्र २८६ जना पर्यटक मनाङ घुम्न पुगेको थिए। यो सन् २०२४ को हालसम्मकै उच्च सङ्ख्या रहेको पर्यटक सूचना केन्द्र धारापानीले जनाएको छ।
मनाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित हिमालपारीको सुन्दर जिल्ला हो। नेपाल सरकारको मापदण्ड अनुसार अति दुर्गम जिल्लाको रूपमा मनाङ पर्दछ।