काठमाडौं। सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल तिहार अघि निर्माण सम्पन्न हुने भएको छ। असोज ११ र १२ गतेको बाढीले क्षति पुर्याएको सुनकोशी नदीको पक्की पुल र बेली ब्रिज तिहारअघि पुनर्निर्माण हुने भएको हो।
सिन्धुलीतर्फको वीपी राजमार्ग र रामेछापतर्फको मध्यपहाडी राजमार्ग समेत जोड्ने पुलमा सुनकोशीले क्षति बनाएपछि अहिले त्यसको पुनर्निर्माण प्रक्रिया अघि बढेको छ। बेली ब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय हेटौंडाबाट शनिबारदेखि सामानहरु ल्याउन थालिएको छ।
बेली ब्रिज निर्माणका लागि प्राविधिक तथा इन्जिनिरसहितको नेपाली सेनाको १६ जनाको टोली खुर्कोटमा खटिएका छन्।