काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीहरू र उच्च पदाधिकारीसँग उर्जा क्षेत्रका विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावट क्षमताको विद्युत् उत्पादन गर्न आवश्यक विषयमा छलफल भएकाे हाे।
सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावट क्षमताको विद्युत् उत्पादन गराउन कानुनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका सन्दर्भमा छलफल भएको हो। छलफलमा उत्पादन, पूर्वाधार, व्यापार र वित्तीय स्रोतको व्यवस्थापन कार्यक्रमलाई छिटोछरितो रूपमा अघि बढाउने निष्कर्ष निकालिएको बताइएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, मुख्य सचिव एकनारायण अर्याललगायत सहभागी थिए।