काठमाडौं। हेटौंडा र काठमाडौं जोड्ने कान्तिलोकपथ आजबाट सञ्चालनमा आएको छ। मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको हो।
गत असोज १२ गतेको बाढीले बागमती खोलाको पुल बगाएपछि कान्तिलोकपथ अवरुद्ध भएको थियो।
मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाइएको छ।
अस्थायी सडक बन्नासाथ मंगलबार बिहानबाट हलुका सवारी चल्न थालेको भीमफेदी गाउँपालिकाले जनाएको छ।