पाँचथर। पाँचथर जिल्लाको फिदिम नगरपालिकामा पर्ने पौवाभञ्ज्याङ–फुल्पा सडक सञ्चालनमा आएको छ। पहिरोले अवरुद्ध बनेको सडक स्थानीयले तीन दिन श्रमदान गरेर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो।
८० जना स्थानीयले तीन दिनसम्म श्रमदान गरी ग्याबिन जाली भर्दै ७ लेयर पर्खाल उठाएर सडक सञ्चालनमा गर्न योग्य बनाएका हुन्। आवश्यक ग्याबिन तार सिँञ्चाइ डिभिजन कार्यालय फिदिमले उपलव्ध गरायो। हलहले युवा समाजले श्रमदान गर्ने युवाका लागि खाजा पानीको व्यवस्था गरेको थियो।
गत असोज ११, १२ गतेको वर्षाका कारण आएको पहिरोले फिन्जुवा खोला आसपास ५० मिटर सडक बगाएको थियो।