काठमाडौं। म्याग्दीको बेनीमा विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ। बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा धौलगिरी–गण्डकी यातायात प्रालिले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो।
बेनीमा विद्युतीय सवारी साधन किनेर सञ्चालन गर्न चाहे पनि चार्जिङ स्टेशन नभएर नसकिएको अवस्थामा धौलगिरी–गण्डकी यातायात प्रालिले ११ सय भोल्ट क्षमताको विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको जनाएको छ।
विद्युतीय सवारी साधन चार्जिङ बेनीमै उपलब्ध हुने भएपछि काठमाडौं लगायतबाट आउने पर्यटक तथा स्थानीयलाई समेत विद्युतीय सवारी सञ्चालनमा सहज भएको बताइएको छ।