काठमाडौं। दक्षिणकाली–सिस्नेरी सडक एकतर्फि सञ्चालनमा आएको छ। हेटौंडाबाट काठमाडौं जोड्ने दक्षिणकाली सिस्नेरीको सडक दिउँसो एकतर्फि सञ्चालन गरिएको छ भने राति बन्द हुने भएको हो।
मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरेको थियो। उक्त अनुगमन टोलिले सडक एकतर्फी गर्न निर्देशन दिएको हो।
हेटौंडाबाट काठमाडौं आउने सवारी साधन चित्लाङको बाटो हुँदै काठमाडौं पठाउने व्यवस्था गरिएको छ। रातीको समयमा भने यो सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ।