फाइल तस्बिर
काठमाडौं। मेची राजमार्गको इलाम राजदुवाली सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ। पहिरो खसेर पाँच दिनदेखि अवरुद्ध सडक मंगलबार साँझबाट एकतर्फी सञ्चालनमा आएको हो।
भासिएको सडक क्षेत्रमा नयाँ ट्र्याक खोलेर र पहिरोले बगाएको सडक क्षेत्रमा पर्खाल लगाएर ग्याबिन जालीले कसेर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
सडक भासिएका क्षेत्रमा झण्डै ६० मिटर नयाँ सडक खनेर साना सवारी आवतजावत गर्न सक्ने अवस्थामा पुर्याइएको सडक डिभिजन इलामले जनाएको छ।