काभ्रेपलान्चोक। विपि राजमार्गअन्तर्गत काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका-११ पिप्लेमा सुख्खा पहिरो खसेको छ। शुक्रबार बिहान पहिरो खस्दा दुई वटा सवारी साधन पुरिएका छन ।
पहिरो खसेर विपि राजमार्ग पुनः अवरुद्ध भएको छ । पहिरोबाट सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई अन्दाजी २० मिटर तल रोशी खोलामा बगाएको प्रहरिले जनाएको छ। यस्तै पहिरोबाट खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो समेत पुरिएको प्रहरीले जानकारी दिएको छ। पहिरोबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ।