काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने भएका छन्। गौतमबुद्ध विमानस्थलमा कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले उडान गर्न लागेका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यी तीन वटै एयरलाइन्सले उडान अनुमति पाइसकेका छन् । तीन वटा एयरलाइन्सले उडान गर्ने भएपछि विमानस्थलले तालिका समेत बनाएको छ।
निर्माण सम्पन्न भएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।