काठमाडौं। हुम्लाको सिमकोट विमानस्थलमा हवाई उडान पुनः सुरु भएको छ। यात्रु अभावले दशैंको टिकाको दिनदेखि रोकिएको हवाइ उडान तीन दिनपछि सञ्चालनमा आएको हो।
सोमबार तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशनले जनाएको छ। दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामान समेत ढुवानी गरेको स्टेशनले जानकारी दिएको छ।