काठमाठौं। विपि राजमार्ग अन्तर्गतको काठमाडौं–दिक्तेल सिधा यातायात आजदेखि सञ्चालन हुने भएको छ। गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढीले बिगारेको सडक मर्मतपछि आजदेखि सिधा यातायात सञ्चालनमा आउने भएको हो।
सिन्धुलीको नेपालथोकदेखि रोशीखोलासम्मको विभिन्न ठाउँमा बिग्रिएको सडक मर्मत नहुँदा दशैंका लागि घर जाने यात्रुहरुले घुमाउरो बाटो प्रयोग गर्नुपरेको थियो। जसका कारण यात्रुहरु लामो बाटोका साथै महंगो गाडी भाडामा समेत परेका थिए।
सडक मर्मत गरी सञ्चालनमा आएसँगै पुरानै भाडादर कायम गर्ने खोटाङ यातायात प्रालिले जनाएको छ।
खोटाङ यातायात प्रालिका अनुसार दिक्तेल–काठमाडौं, काठमाडौं–दिक्तेलसम्मको बस भाडा १६ सय र जीप भाडा दुई हजार रूपैयाँ कायम गरिएको छ ।