बागलुङ। बागलुङको बुर्तिबाङ र म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको छ। २०७६ मा ग्राभेलिङ गरिएको बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गरिएको हो।
सडक कालोपत्र भएसँगै सडक हिलो र धुलोमुक्त भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्। पालिकामा बजेट कम हुँदा लामो समयसम्म सडक कालोपत्र गर्न नसकिएको तमानखोला गाउँपालिकाले जनाएको छ।
अहिले प्रदेश सरकारले यस वर्ष बजेट विनियोजन गरेर काम अगाडि बढाएको पालिकाले जनाएको छ।बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म जोड्ने सडकमा दुई वटा पुल चार वर्ष अगाडि मात्रै बनेपछि अहिले बाह्रै महिना पालिकाको केन्द्रसम्म यातायात सञ्चालन हुने भएको छ।