काठमाडौं। बुटवलको चौराहा–चिडियाखोला सडकको बाँकी निर्माण कार्य गर्न ठेक्का सम्झौता भएको छ। २०८२ असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी असोज १८ गते बावुल दर्शन मालिका जेभी भैरहवासँग ठेक्का सम्झौता भएको हो।
यसअघि २०७६ सम्ममा सडक विस्तार सक्ने गरी डिभिजन सडक कार्यालयले कन्चनजंघा बिरुवा जेभीसँग २०७३ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । ८ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तारको काम ५४ प्रतिशत मात्र भएपछि गत वैशाखमा ठेक्का रद्द गरिएको थियो ।
ठेक्का रद्द भएपछि गत साउनमा टेन्डर आह्वान गरेर ६ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता मिति तय भएको हो। साढे ३ किलोमिटरको ६ लेन सडक विस्तार गर्न लागि भ्याटसहित ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।