काठमाडौं। म्याग्दीको बेनीदेखि पर्वतको अन्नपूर्ण गाउँपालिका जोड्ने सडक कालोपत्र गर्ने काम भइरहेको छ। बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक कालोपत्र भइरहेको हो।
संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वत र म्याग्दी जोड्ने विभिन्न सडकखण्ड कालोपत्र भइरहेको छ।
अहिले भुरतुला–भुवानीपानी सडक खण्डको साढे एक किलोमिटर सडक कालोपत्र भइसकेको छ भने थप दुई किलोमिटर सडक कालोपत्रको तयारी भइसकेको छ।
माझफाँटको भुरतुलादेखि लेकफाँटको गिद्धेश्वर क्षेत्रसम्मको ७.८ किलोमिटर सडक स्तरोन्नतिसहित डिबिएसडी प्रविधिको कालोपत्र गर्न सम्झौता भइसकेको छ।