काठमाडौं। रौतहटको झाँझ नदीमा निर्माण भएको झोलुंगे पुल उद्घाटन गरिएको छ। रौतहटको गरुडा नगरपालिका–५ महमदपुर स्थित झाँझ नदीमा निर्मित झोलुंगे पुलको बुधबार नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले उद्घाटन गरेका हुन्।
मधेस सरकार र नगरपालिकाको ५० लाख लागतमा गरुडा र वृन्दावन नगरपालिकाको सिमानामा झोलुङ्गे पुल निर्माण गरिएको हो। उक्त पुल सञ्चालनमा आएसँगै दुई नगरपालिकाका हजारौं नागरिक लाभान्वित भएको पालिकाले जनाएको छ।