फाइल तस्बिर
काठमाडौं। बुद्ध एयरको पर्वतीय उडानमा प्राविधिक समस्या देखिएको छ। बुद्ध एयरको पर्वतीय उडानमा गएको ‘नाइन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको बुद्ध एयरले जनाएको हो।
बुद्ध एयरका अनुसार विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको छ। उक्त विमानलाई बुद्ध एयरका प्राविधिक टिमले चेकजाँच गरिरहेको बुद्ध एयरद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएको समेत सूचनामा उल्लेख गरिएको छ।