काठमाडौं। सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट जोड्ने बेलिब्रिज निर्माण कार्य शनिबार सम्म सम्पन्न हुने भएको छ। गत असोज १२ गते बाढीले बगाएको बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।
असोज २० गतेदेखि नेपाली सेनाको प्राविधिक टोलीले बेलिब्रिज निर्माण गर्न सुरु गरेको थियो। पुलमा टायर गुड्ने लगायतका केही ठाउँमा पार्टपुर्जा हाल्ने र फिनिसिङको काम बाँकी रहेको सेनाले जनाएको छ।
शनिबारसम्म गाडी चलाउन मिल्ने गरी काम भइरहेको समेत सेनाले जनाएको छ।