काठमाडौं। सिस्नेरी–दक्षिणकाली र कुलेखानी–फाखेल सडकमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ। यी दुवै सडकमा आजदेखि तीन दिनसम्म सवारी साधन आवतजावतमा रोक लगाइएको हो।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राख्नका लागि सडक बन्द गरिएको हो। दुवै सडक बन्द भएपछि वैकल्पिक मार्गको रुपमा हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौँ प्रयोग गर्न अनुरोध गरिएको छ।