काठमाडौं। नेपालका बाढीपहिरो पीडितलाई संयुक्त राष्ट्र संघले साढे ४५ करोड सहयोग गर्ने भएको छ। राष्ट्र संघको सेन्ट्रल इमर्जेन्सी रेस्पोन्स फन्डमार्फत ३४ लाख अमेरिकी डलर (४५ करोड ५६ लाख रुपैयाँ) बराबर सहायता दिने भएको हो।
गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी पहिरोबाट कोसी र मधेश प्रदेशका सुनसरी र सप्तरी जिल्लाका कोसी नदी पीडितलाई ‘एन्टिसिपेटरी एक्सन फ्रेमवर्क’ अनुसार राष्ट्र संघले सहायता गर्न लागेको हो।