काठमाडौं। काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। गत असोज १२ गतेको बाढीले क्षति पुर्याएको प्रसारण लाइन तिहार अघि सञ्चालनमा ल्याउने गरी पुनर्निर्माण भइरहेको हो।
नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रूपमा प्रसारण लाइन पुनर्निर्माणमा सहयोग गरिरहेका छन्।
प्राधिकरणले प्रसारण लाइनका पाटपुर्जा लगायत सामग्री उपलब्ध गराएको छ भने निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम, लागत लगायत खर्च बेहोरेका छन्। प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेर प्रसारण लाइन पुनर्निर्माण कार्य भइरहेको छ।