फाइल तस्बिर
काठमाडौं। सूर्यविनायक–धुलिखेल सडक विस्तारको हालसम्मको भौतिक प्रगति २६ प्रतिशत पुगेको छ। सूर्यविनायकदेखि धुलिखेलसम्मको कुल १५.५ किमी सडक निर्माण कार्यको हालसम्मको भौतिक प्रगति २६ प्रतिशत र वित्तिय प्रगति ३२ प्रतिशत पुगेको हो।
भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न विसं २०७९ पुस २४ गते दुई खण्डमा बाँडेर ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौताको दुई वर्ष पुग्न लाग्दा सडक विस्तारको काम २६ प्रतिशत मात्र हुँदा समयमै निर्माण पूरा हुनेमा आशंका देखिएको छ।